शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रास्वपा र राप्रपाले सोमबार पनि बहिस्कार गरे प्रतिनिधिसभाको बैठक

एक्सप्रेस पाना
श्रावण १९, २०८२ सोमबार
  • 452
    SHARES
  • रास्वपा र राप्रपाले सोमबार पनि बहिस्कार गरे प्रतिनिधिसभाको बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले सोमबार पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।

    images

    सोमबार बसेको बैठकमा रास्वपाको सांसद आसिफ शाह र र राप्रपाका सांसद ध्रुबबहादुर प्रधानले आफ्नो धारणा राखेपछि बैठक बहिष्कार गरेका हुन् ।

    रास्वपा सांसद शाहले भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिन गठन नभएसम्म आफुहरुको आन्दोलन जारी रहने जानकारी गराएका थिए । 

    images

    त्यस्तै राप्रपा सांसद प्रधानले प्रधानमन्त्रीले राप्रपा र रास्वपा बारे गरेको टिप्पणी आपत्तिजनक भएको बताए । 

    रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।

     

  • सम्बन्धित विषय:

  • # रास्वपा
  • # राप्रपा