काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ।
उच्च अदालत, पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा धरौटीमा छाड्न आदेश दिएको हो ।
प्रसाईलाई बैंकिङ कसुरमा २५ लाख रुपैयाँ धरौटी माग गरिएको छ भने चैत १५ मा भएको हिंसात्मक प्रदर्शनसँग सम्बन्धित मुद्दामा समेत तीन लाख धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश टंकप्रसाद गुरुङ्ग र डिल्लीरत्न श्रेष्ठको इजलासले राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवको मुद्धामा धरौटीमा छोड्न आदेश दिएको हो ।



