काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनौट आजदेखि शुरु हुदैछ ।
भुटानमा हुने यस खेलमा नेपालले आज आफ्नो पहिलो खेल आयोजक भुटानसँग खेल्दै छ । खेल नेपाली समय अनुसार ५:४५ बजेदेखि शुरु हुनेछ ।
प्रतियोगिताको समूह 'ए'मा नेपाल भुटान साउदी अरेबिया र उत्तर कोरियासँग प्रतिस्पर्धा गर्नेछ । आज देखी सुरु हुने प्रतियोगिता १० अगस्टसम्म हुने तालिका रहेको छ ।
आठ समुहको शिर्ष स्थानमा रहने देश एएफसी यू-२० महिला एसियन कपका लागि छनौट हुने छन भने हरेक समुहको दोस्रो स्थानमा रहेका शिर्ष तीन देश पनि एशिया कपका लागि छनौट हुने छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू-२० महिला एसियाली कप छनोटका लागि बिर्साना चौधरीको कप्तानीमा २३ सदस्यीय टिम भुटान पठाएको छ ।
नेपाली टिम:
गोलकिपर : लिला जोशी, करुण बुढाथोकी र सुजाता तामाङ ।
डिफेन्डर : सरिता कुमारीनाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पण्डक, सिमरन राई, सजिना स्याङ्तान, गंगा रोकाया, अनिशा राई र सीता रोकाया ।
मिडफिल्डर:कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्साना चौधरी (सी) र सेनु परियार ।
फरवार्ड : कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर ।


