काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य सामान्य घटेको छ ।
आज सुन तोलामा एक सय रुपैयाँ घटेर प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार सुन प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला २ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला २ हजा २ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।



