शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एमसीसीबारे माओवादी केन्द्रले सुरु देखिनै गम्भीर छ : अध्यक्ष प्रचण्ड

एक्सप्रेस पाना
श्रावण २१, २०८२ बुधबार
  • 318
    SHARES
  • एमसीसीबारे माओवादी केन्द्रले सुरु देखिनै गम्भीर छ : अध्यक्ष प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे माओवादी केन्द्रले सुरु देखिनै गहिरो अध्ययन र बहस गरेको बताएका छन् ।

    images

    मंगलबार काठमाडौंमा आयोजित लीलामणि पोखरेलद्वारा लिखित पुस्तक ‘नेपालमा एमसीसी’ को विमोचनमा उनले एमसीसीबारे माओवादी गम्भिर रहेको भन्दै एमसीसीसम्बन्धी सम्झौता जस्ताको तस्तै पारित हुने गम्भीर खतरा देखिएपछि पार्टीले व्याख्यात्मक टिप्पणीसहित आवश्यक पर्दा आन्दोलन गर्ने बाटो राखेर पारित गर्न बाध्य भएको बताए । 

    उनले भने, ‘नेकपा कालमा मैले नै नेतृत्व गरेर एमसीसीबारे के गर्ने भनेर कार्यदल गठन गरिएको थियो । कार्यदलले अनुमोदन गर्न हुँदैन भन्ने निष्कर्षसहित प्रतिवेदन दिएको थियो ।’

    images

    यस्तै, उनले तत्कालीन अवस्थामा नेपाली कांग्रेस एमसीसीलाई जस्ताको तस्तै पारित गर्न जोडदार लागिपरेको थियो भने  एमालेसंग कुरा गर्दा कांग्रेस भन्दा पनि एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले नेतृत्व एमसिसिमा कमा फुलिस्टप परिवर्तन गर्न हुँदैन भन्नेमा कांग्रेस भन्दा जोडका साथ आएको बताए । 

    उनले भने, ‘काङ्ग्रेसभन्दा केपी ओली त झन् कडा केही परिवर्तन गर्न आवश्यक छैन् भन्नु भयो, हाम्रो केही साथिहरु केही आशा लिएर जानु भएको पनि जाउ भयो भनेर आउनु भयो । देशको भलो हुन्छ भए जो सँग पनि वार्ता गर्न के भयो र भनेर अप्ठयारो मानि मानि हामी चार जना गएका थियौं । तर यति अपमानजनक भाषा उहाँले प्रयोग गर्नु भयो, त्यो काङ्ग्रेसभन्दा पनि बढि रहेछ ।’ 

    साथै, आइपिएसको सदस्य बनाउने र एसपिपिसम्म पनि सैद्धान्तिक सहमति गर्ने पनि एमाले नै भएको पनि उनको भनाई छ । 

  • सम्बन्धित विषय:

  • # एमसीसी
  • # प्रचण्ड