काठमाडौं । नेपाली महिला फुटबल टोलीले विश्व फुटबल महासंघ (फिफा) वरियतामा छलाङ मारेको छ ।
फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले १३ स्थान उक्लँदै ८७औँ स्थानमा पुगेको हो । यो हालसम्मकै उच्च हो । यसअघि नेपाल फिफा वरियताको एक सय औं स्थानमा थियो ।
एएफसी महिला एसियन कप छनोटमा नेपालले श्रीलंका र लाओसलाई पराजित गर्नुका साथै घरेलु टोली उज्बेकिस्तानसँग बराबरी खेलेपछि टोलीको वरीयता उल्लेखनीयरूपमा सुधारिएको हो ।


