काठमाडौं । उपप्रधानमन्त्रीतथाशहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद भवनको प्रोजेक्टलाई अब विगतको गल्तीहरुलाई सुधार गर्दै अगाडिबढ्ने बताएकाछन् ।
शुक्रबार राज्यकानिर्देशकसिद्धान्त, नीति र दायित्वको कार्यान्वयनअनुगमनतथामूल्याङ्कन समिति (संयुक्त) को बैठकमा उनले यो प्रोजेक्टमाराष्ट्रिय स्तरबाट सबैको ध्यानगएपनि समयमा सम्पन्ननभएको भन्दै अब विगतको गल्तीहरुलाई सुधार गर्दै अगाडिबढ्नेतिर जोड दिनुपर्ने बताए ।
उनले भने,"संसद भवननिर्माणको प्रोजेक्टको काम समयमाहुन सकेको छैन् भन्ने कुरा तथ्यहो । तर मंले यो मन्त्रालयको जिम्मेवारी पाएपछियो कामको लागिमन्त्रालयदेखि लिएर इन्जिनियर, डिजी, सचिव सबैलाई पटकपटक के गर्दा राम्रो हुन्छभन्ने खालको छलफलहरु गरिरहेका छौं । समयमा सम्पन्ननभएकाले अब विगतको गल्तीहरुलाई सुधार गर्दै अगाडिबढ्नेतिर जोड दिनुपर्छ ।"
यस्तै, शहरी विकास मन्त्रालयकासचिवगोपाल प्रसाद सिग्देलले पनिसंसद भवनकोकामतिव्र गर्नको लागिकन्ट्याक्टरहरुसँग नियमितअनुगमनगर्ने र दैनिकछलफल गर्ने काम गरिरहेको बताए ।
बैठकमासिंहदरबारस्थितनिर्माणाधीन संघीय संसद भवननिर्माणको हालको कार्यतालिका र सो कार्यतालिकाकार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमाछलफलभएको थियो ।



