काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनौटमा साउदी अरेबियालाई हराउँदै नेपाल विजयी भएको छ ।
शुक्रबार भुटानमा भएको खेलमा नेपालले साउदी अरेबियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
नेपालको जितमा खेलको ९०औं मिनेटमा सुक्रिया मियाले गोल गरेकि हुन् । यो जितपछि नेपालको समुह ए मा ४ अंक भएको छ ।


