आइतबार, भाद्र २८ गते २०८३
images

एएफसी यू-२० महिला एसियन कप छनौटमा नेपाल उत्तर कोरियासँग पराजित

एक्सप्रेस पाना
श्रावण २५, २०८२ आइतबार
  • 365
    SHARES
  • एएफसी यू-२० महिला एसियन कप छनौटमा नेपाल उत्तर कोरियासँग पराजित

    काठमाडौं । एएफसी य-२० महिला एसियन कप छनौटमा नेपाल उत्तर कोरियासँग पराजित भएको छ ।

    images

    आइतबार भुटानमा भएको खेलमा उत्तर कोरियाले नेपाललाई ११-० गोल अन्तरले पराजित गरेको हो ।

    पहिलो हाफमा ५ गोल गरेको उत्तर कोरियाले दोस्रो हाफमा ६ गोल गरेको हो। 

    images

    उत्तर कोरियाले यसअघि साउदी अरेबियालाई १५-० ले र भुटानलाई १०-० गोलले पराजित गरेको थियो । यो जितसँगै समुह ए मा तिनै खेल जितेर उत्तर कोरिया एएफसी यू-२० महिला एसियन कपमा छनौट भएको छ ।   

    त्यस्तै नेपाल समुह ए मा ३ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेको छ । नेपालले पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेलेको थियो भने साउदी अरेबियालाई १-० गोलले पराजित गरेको थियो ।