काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामै पठाउने आदेश दिएको छ ।
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो ।
लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिइ ऐनको दफा ७१ बमोजिम आदेशको माग गर्दै उनले साउन १९ गते अदालतमा निवेदन दिएका थिए । उनले निवेदनसँगै बिगो बराबरको रकम बैंक ग्यारेण्टी लिएर रिहाइ माग गर्दै अदालतमा निवेदन दिएका थिए ।
लामिछाने बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा गत चैत २५ देखि रुपन्देही कारागारमा थुनामा रहेका छन् ।



