शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रास्वपा र राप्रपाले मंगलबार पनि बहिस्कार गरे प्रतिनिधिसभा बैठक

एक्सप्रेस पाना
श्रावण २७, २०८२ मंगलबार
  • 369
    SHARES
  • रास्वपा र राप्रपाले मंगलबार पनि बहिस्कार गरे प्रतिनिधिसभा बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले मंगलबार पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।

    images

    मंगलबार बसेको बैठकमा रास्वपाको सांसद शिशिर खनाल र राप्रपाकी सांसद बिना लामाले आफ्नो धारणा राखेपछि बैठक बहिष्कार गरेका हुन् ।

    सांसद खनालएल भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिन गठन नभएसम्म आफुहरुको आन्दोलन जारी रहने बताएका थिए । 

    images

    त्यस्तै राप्रपा सांसद लामाले आफुहरुको मागमा संसदले कुनै पहल नगरेको भन्दै सरकारले आफुहरुको मागलाई हलुका रुपमा लिएको बताइन् । उनले उच्चस्तरीय छानबिन समिति गठन नगरेसम्म आफुहरुको आन्दोलन जारी रहने जानकारी गराएकी थिइन् ।   

    रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।

     

  • सम्बन्धित विषय:

  • # राप्रपा
  • # रास्वपा
  • # प्रतिनिधिसभा बैठक