काठमाडौं । म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेसको र नेपाली महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी ’साम्बा’को ब्रान्ड एम्बेसडर हस्ताक्षर भएको छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै म्याक्सिम्याक्सले म्याक्सिम्याक्स संस्थाको ब्रान्ड एम्बासडर ’साम्बा’ सँग तीन वर्षका लागि सम्झौता गरेको बताएको हो ।
साम्बाले गत वर्ष फ्रान्सको प्रिमियर लिगमा गुइनगाम्पबाट खेल खेलेको जनकारी गराँउदै अव छिट्टै नै अस्ट्रेलियाको प्रिमियर लिगमा वेलिङटन फोनिक्सबाट सहभापग हुने आयोजकको भनाइ छ ।
नेपाली राष्ट्रिय टोलीबाट ६० खेलमा ६६ गोल गरेकी सावित्रालाई म्याक्सीम्याक्ससँग जोड्न पाँउदा उत्साहित रहेको आयोजकको भनाइ छ ।



