एजेन्सी । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्न म्युनिखले घरेलु टोली बेन्फिकामाथि ४-० गोल अन्तरको सानदार जित दर्ता गरेको छ ।
बुधबार राति भएको खेलमा बायर्नले पोर्चुगलको बेन्फिकालाई दोस्रो हाफको १४ मिनेटमा ४ गोल गर्दै फराकिलो जित निकालेको हो ।
बायर्नको फराकिलो जितमा लिरोए सानेले २ रोबर्ट लेवान्डोस्कीले १ गोल गर्दा १ बेन्फिकाका एभर्टनले आत्माघाती गोल गरे । पहिलो हाफ बायर्नले नियन्त्रणमा राखे पनि गोल गर्न सकेन । खेलको ७०औं मिनेटमा लिरोए सानेले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ८०औं मिनेटमा एभर्टनले आत्मघाती गोल गर्दा बायर्न २-० ले अगाडि बढ्यो ।
८२औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले लिरोए सानेको पासमा गोल गर्दै बायर्नलाई सहज जिततर्फ अघि बढाए । त्यसको दुई मिनेटपछि लिरोए सानेले जोसिप स्टानिसिसको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै बायर्नलाई ४–० को सानदार जित दिलाए ।
बुधबार राति नै भएको समूह 'ई' को अर्काे खेलमा जेरार्ड पिकेको निर्णायक गोलमा स्पेनिस बार्सिलोनाले डेनामो किएभमाथि १–० गोल अन्तरको कठिन जित निकालेको छ ।
उक्त जितसँगै समूह ‘ई’ मा अपराजित रहेको बायर्नको ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा यथावत छ । पराजित बेन्फिका ४ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । बार्सिलोना ३ अंक जोडेर तेस्रो स्थानमा रहँदा डेनामो किएभ १ अंक जोडेर पुछारमा छ ।


