शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

एक्सप्रेस पाना
श्रावण २८, २०८२ बुधबार
  • 318
    SHARES
  • रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।

    images

    रास्वपाका सांसद अशोक बहादुर चौधरी र राप्रपाका सांसद दिपक बहादुर सिंहले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् ।

    भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् ।

    images

    भिजिट भिसा सेटिङ प्रकरणमा संसदीय विशेष छानबिन समिति वा न्यायिक छानबिन आयोग बनाउनुपर्ने माग गर्दै रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठकमा गत जेठ १३ गतेदेखि विरोध गर्दै आएका छन् ।

  • सम्बन्धित विषय:

  • # राप्रपा
  • # रास्वपा