काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बिहिबारको प्रतिनिधिसभाको बैठक पनि बहिस्कार गरेका छन् ।
बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद डा.चन्दा कार्की र राप्रपाका सांसद ध्रुब बहादुर प्रधानले आफ्नो धारणा राखेपछि बैठक बहिष्कार गरेका हुन् ।
भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् ।



