शुक्रबार, श्रावण २९ गते २०८३
images
images

किसानका समस्या नबुझ्ने कृषिमन्त्री नियुक्ति गर्ने परम्परा गलत:रामहरि खतिवडा

एक्सप्रेस पाना
श्रावण २९, २०८२ बिहीबार
  • 384
    SHARES
  • किसानका समस्या नबुझ्ने कृषिमन्त्री नियुक्ति गर्ने परम्परा गलत:रामहरि खतिवडा

    काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कहिल्यै मलको समस्या नबुझ्ने खालका मन्त्रीहरु नियुक्ति गर्ने परम्पराको विकास भएको बताएका छन् । 

    images

    बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देशभर मलको हाहाकार हुँदा मलको समस्या नबुझ्ने खालका मन्त्रीहरु नियुक्ति गर्ने परम्पराको विकास भएको बताएका हुन् । 

    उनले भने,‘देशभर मलको हाहाकार हुन्छ । हामीले कृषिमन्त्री नियुक्ति गछौं तर कहिल्यै मलको समस्या नबुझ्ने खालका मन्त्रीहरु नियुक्ति गर्ने परम्पराको विकास भएको छ ।’

    images

    त्यस्तै उनले लम्पी स्किन रोगले देशभर धेरै गाईबस्तुहरु मरिरहेको बताउँदै प्रत्येक जिल्लामा डाक्टर पठाएर औषधि उपचारको व्यवस्था गर्न माग गरे । 

    उनले भने,‘जनता पीडित छन् । लम्पी स्किन रोगले त्यस्तै देशभरी सताएको छ । धेरै बस्तुहरु मरिराखेका छन् । प्रत्येक जिल्लामा डाक्टर पठाएर औषधि उपचारको व्यवस्था होस् भन्ने माग गर्दछु ।’ 

  • सम्बन्धित विषय:

  • # रामहरि खतिवडा