आइतबार, भाद्र २८ गते २०८३
images

टप टी–२० सिरिजमा नेपालले आज अस्ट्रेलियासँग खेल्दै

एक्सप्रेस पाना
श्रावण ३०, २०८२ शुक्रबार
  • 212
    SHARES
  • टप टी–२० सिरिजमा नेपालले आज अस्ट्रेलियासँग खेल्दै

    काठमाडौं । बिहीबारदेखि अस्ट्रेलियामा सुरु भएको टप एन्ड टी–२० सिरिजमा नेपालले आज पहिलो खेल खेल्दैछ । 

    images

    नेपालले घरेलु टिम नर्दर्न टेरिटोरी स्ट्राइकरसँग पहिलो प्रतिस्पर्धा गर्न लागेको हो ।

    यो खेल आज दिउँसो २ः१५ बजेबाट सुरु हुनेछ । रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम नेपाली टिमबाट खेल्दैछन् । 

    images

    यो सिरिजमा ११ टोलीको सहभागिता रहेको छ ।

  • सम्बन्धित विषय:

  • # टप टी–२० सिरिज