काठमाडौं । अस्ट्रेलियमा जारी टप इन्ड टी २० सिरिजमा नेपालले घरेलु टिम नर्दर्न टेरिटोरी स्ट्राइकरविरुद्ध टस जितेर बलिङ गर्दैछ ।
आफ्नो पहिलो खेलमा नेपालले नर्दर्न टेरिटोरी स्ट्राइकरविरुद्ध टस जितेर बलिङ गर्ने निर्णय गरेको हो । योसँगै नर्दन टेरिटोरी (एनटी) स्ट्राइकले पहिला ब्याटिंग गर्ने भएको छ ।
यस खेलमा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, रुपेश कुमार सिंह, सोमपाल कामी, लोकेस बम र शहाब आलम खेल्दै छन् ।


