काठमाडौं । अस्ट्रेलियमा जारी टप इन्ड टी २० सिरिजमा घरेलु टिम नर्दर्न टेरिटोरी स्ट्राइकरले नेपाललाई १७८ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङ गरेको स्ट्राइकरले २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रन बनाएको हो ।
स्ट्राइकका लागि डी आर्सी सर्टले सर्बाधिक ५१ रन बनाए भने टम आन्ड्रुजले ३२, जोर्डन सिल्कले १९ रन बनाए।
त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले ३ विकेट लिए भने शहाब आलमले २, रुपेश सिंह, दिपेन्द्र सिंह ऐरी, गुलशन कुमार झा र एक एक विकेट लिए।


