काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् ।
सोमबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् ।
उनले छिट्टै नयाँ दल दर्ता गर्ने र दलको नाम पनि केहि दिनमा टुंगाउने बताए ।
अभियान मात्र चलाउँदा कोठामा ताला लगाउने भएकाले संविधान अनुसार पार्टी खोल भन्नेहरु धेरै भएको भन्दै अब केही समयमा नै दलको नाम सार्वजनिक गरिने उनले जानकारी दिए ।



