काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले होबार्ट हरिकेन्सलाई १८१ रनको लक्ष्य दिएको छ ।
मंगलबार जारी खेलमा नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १८० रन बनाएको हो ।
नेपालका लागि आरिफ सेखले ३३ रन बनाए भने आसिफ सेखले २९, कुशल भुर्तेलले २७, र लोकेस बमले अविजित २५ रन बनाए ।
जारी सिरिजमा नेपालले यसअघिका तीनवटै खेलमा हार बेहोरेको छ ।


