काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले शानदार जित निकालेको छ ।
मंगलबार भएको खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गर्दै जित निकालेको हो । १८१ रनको लक्ष्य पछाएको होबार्ट हरिकेन्सले १६.१ ओभरमा अल आउट हुदै ११४ रन मात्र बनाएको हो ।
नेपालका लागि बलर नन्दन यादवले ५ विकेट लिए भने रिजन ढकाल, रोहित पौडेल, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक-एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।
नेपालका लागि आरिफ सेखले ३३ रन बनाए भने आसिफ सेखले २९, कुशल भुर्तेलले २७, र लोकेस बमले अविजित २५ रन बनाए ।


