आइतबार, भाद्र २८ गते २०८३
images

टप इन्ड टी-२० सिरिजमा नेपालको लगातार दोस्रो जित, सोमपालले लिए ५ विकेट

एक्सप्रेस पाना
भाद्र ४, २०८२ बुधबार
  • 435
    SHARES
  • टप इन्ड टी-२० सिरिजमा नेपालको लगातार दोस्रो जित, सोमपालले लिए ५ विकेट

    काठमाडौं । अस्ट्रेलियामा जारी टप इन्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ  । 

    images

    बुधबार भएको खेलमा मेलवर्न रेनेगेड्सलाई ३३ रनले हराउँदै नेपाल विजयी भएको हो । 

    नेपालले दिएको १४० रनको लक्ष्य पछाएको मेलवर्न रेनेगेड्सले २० ओभरमा अल आउट हुदँदै १०६ रन मात्र बनाएको हो ।

    images

    नेपालको जितमा सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए भने कुशल भुर्तेलले २ शहाब आलम र रुपेश सिंहले एक-एक विकेट लिए ।

    त्यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । 

    नेपालका लागि कुशल मल्लले सर्बाधिक २९ रन बनाए भने लोकेश बमले २४, कप्तान दिपेन्द्र सिंह ऐरीले २७, भिम सार्कीले १७, आरिफ सेखले १२ रन बनाए भने रुपेश सिंहले अविजित १६ रन बनाए।

  • सम्बन्धित विषय:

  • # टप इन्ड टी २० सिरिज