काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत एलिजावेथ वॉन क्यापेलरबीच बुधबार भेटवार्ता भएको छ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका यादवसँग पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा स्विट्जरल्यान्डकी राजदूत क्यापेलरबीच भेटवार्ता भएको हो। नेपालको समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।
.jpg)

