काठमाडौं । अस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिजमा नेपाल पाकिस्तान शाहिन्ससँग एक रनले पराजित भएको छ ।
१४५ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै १४३ रन बनाएपछि नेपाल एक रनले पराजित भएको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ५२ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले अविजित ४१ रन बनाए । त्यस्तै आसिफ सेखले २७, लोकेश बमले १० रन बनाए ।
त्यसअघि टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तान शाहिन्सले २० ओभरमा ९ विकेट गुमाउँदै १४४ रन बनाएको थियो ।
पाकिस्तानका लागि इरफान खान नियाजले सर्बाधिक अविजित ४२ रन बनाउँदा अब्दुल सामदले २६ रन बनाए । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने नन्दन यादव र दिपेन्द्र सिंह ऐरीले २-२ तथा कुशल भुर्तेलले एक विकेट लिए ।


