शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एमसीसी सम्झौता नेताहरुले राष्ट्रप्रति गरेको भयानक घात हो:झलनाथ खनाल

एक्सप्रेस पाना
भाद्र ९, २०८२ सोमबार
  • 325
    SHARES
  • एमसीसी सम्झौता नेताहरुले राष्ट्रप्रति गरेको भयानक घात हो:झलनाथ खनाल

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवम नेकपा एकीकृतस समाजवादीका सम्मानित नेता झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता देशका नेताहरुले राष्ट्रप्रति गरेको भयानक घात भएको बताएका छन् । 

    images

    सोमवार काठमाडौंमा आयोजित काष्ठमण्डप संवाद समापन समारोहमा उनले हरेक दस्तावेजमा ‘अमेरिकी सुरक्षा स्वार्थलाई ध्यानमा राखी’ भन्ने वाक्य लेखिएको भन्दै यो अत्यन्तै आत्मघाती र देशका नेताहरुले राष्ट्रप्रति गरेको भयानक राष्ट्रघात भएको बताए । 

    उनले भने, ‘कुनैपनि देश, संगठन वा संस्थासँग सन्धी वा सम्झौता गर्दा अथवा अनुदान लिंदा पनि राष्ट्रिय र अन्तराष्ट्रिय कानूनलाई समेत ध्यानमा राखेर राष्ट्रिय हितलाई सर्वोपरि राखेर लिनुपर्छ । संविधान र राष्ट्रिय हीत विपरित कुनैपनि सर्तहरुलाई स्वीकार गर्नु हुँदैन् । यसमा त दर्जन, दर्जन, दर्जनौ सर्तहरु छन् । फेरि एउटा कागजात मात्र होइन्, दर्जनौ कागजातमा समावेश गरिएको छ ।

    images

    १३ वटा कागजात त मैंले पनि समातें तर पढ्न भने पाएको छैन् । भनेपछि हरेक दस्तावेजमा लेखिएको के छ भने अमेरिकी सुरक्षा स्वार्थलाई ध्यानमा राखि भन्ने वाक्य कतै छुटेको छैन् । प्रत्येक दस्तावेजमा त्यो किन लेख्नुपर्यो, यो अत्यन्तै आत्मघाती कुरा छ र देशका नेताहरुले राष्ट्रप्रति गरेको भयानक घात वा राष्ट्रघात हो ।’

    यस्तै, उनले साना वा ठूला कुनैपनि देश वा संस्थासँग सम्झौता गर्दा दबाबमा गर्न नुहने भएपनि एमसीसीका प्रतिनिधिले यही आएर धम्काइसकेपछि देशका लालची नेताहरु लुरुक्क परेर सही गरेको बताए । 

    उनले भने, ‘साना वा ठूला, कमजोर वा शक्तिशाली कुनैपनि देश वा संस्थासँग सम्झौता गर्दा दबाब, धाक र धम्कीसामू झुकेर गर्नुहुन्न । त्यो राष्ट्रिय आत्म समर्पणवाद हुन्छ । एमसीसीका प्रतिनिधित्वले यही आएर धम्काइसकेपछि हाम्रो देशका लालची नेताहरु लुरुक्क परेर सही गरेका हुन् । यो आत्म समर्पणवादी चिन्तनको परिणाम हो ।’

    साथै, उनले एकाध व्यक्तिहरुको लहर, निजी स्वार्थ, गुट स्वार्थ र पारिवारिक स्वार्थका आधारमा समेत यस्ता सम्झौताहरु हुने गरेको पनि बताए । 

  • सम्बन्धित विषय:

  • # झलनाथ खनाल
  • # एमसीसी