आइतबार, भाद्र २८ गते २०८३
images

टी–२० अभ्यास खेल:आज साउथ अस्ट्रेलियासँग दुई खेल खेल्दै नेपाल

एक्सप्रेस पाना
भाद्र १२, २०८२ बिहीबार
  • 164
    SHARES
  • टी–२० अभ्यास खेल:आज साउथ अस्ट्रेलियासँग दुई खेल खेल्दै नेपाल

    काठमाडौं । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले टी–२० अभ्यास खेलमा अहिले साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ।

    images

    टी–२० अभ्यास खेलका दुई खेल आजै हुँदैछन्। पहिलो खेल बिहान ५:१५ बजे सुरु भएको छ। पहिलो खेलमा टस जितेर साउथ अफ्रिकाले फिल्ड रोजेपछि नेपाल ब्याटिङ गर्दैछ । पहिलो खेल सकिए लगत्तै नेपालले सोही टिमसँग ९:१५ बजेपछि दोस्रो प्रतिस्पर्धा गर्नेछ।

    यसअघि मंगलबार भएका दुई खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरोटरी (एसिटी)सँग प्रतिस्पर्धा गरिसकेको छ

    images

    पहिलो खेलमा नेपाललाई जित दिलाउन ह्याट्रिकसहित सन्दीप लामिछानेले पाँच विकेट हात पारेका थिए भने दोस्रो खेलमा दीपेन्द्रसिंह ऐरी र साहब आलमले समान चारचार विकेट लिएका थिए।

    आज दुई वटा टी–२० सिरिज खेलेपछि नेपालले अस्ट्रेलियामा एउटा ओडिआई प्रतिस्पर्धा गर्नेछ।