शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रास्वपा र राप्रपाले शुक्रबार पनि बहिस्कार गरे प्रतिनिधिसभाको बैठक

एक्सप्रेस पाना
भाद्र १३, २०८२ शुक्रबार
  • 286
    SHARES
  • रास्वपा र राप्रपाले शुक्रबार पनि बहिस्कार गरे प्रतिनिधिसभाको बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले शुक्रबार पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।

    images

    शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद गणेश पराजुली र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले आफ्नो धारणा राखेपछि बैठक बहिष्कार गरेका हुन् ।

    रास्वपा सांसद पराजुलीले लिपुलेकका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनसँग स्पष्ट कुरा राख्न आग्रह गर्दै भिजिट भिसा प्रकरणमा जारी रहेको विरोध अहिले पनि जारी रहेको बताए । 

    images

    रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।

     

  • सम्बन्धित विषय:

  • # राप्रपा
  • # रास्वपा