काठमाडौं । साउथ अस्ट्रेलियालाई पराजित गर्दै नेपालले जित निकालेको छ ।
शनिबार भएको एकदिवसीय खेलमा नेपालले साउथ अस्ट्रेलियालाई २ विकेटले पराजित गरेको हो ।
२४३ रनको लक्ष्य पछाएको नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले १०१ रनको शतकीय पारी खेले भने सोमपाल कामीले महत्वपूर्ण अविजित ४०रन बनाए ।
त्यस अघिटस हारेर पहिला ब्याटिंग गरेको साउथ अस्ट्रेलियाले ४५ ओभरमा अल आउट हुदै २४२ रन बनाएको थियो ।
नेपाली बलर सोमपाल कामी र नन्दन यादवले ३ विकेट लिएका थिए भने रुपेश सिंह, सन्दीप लामिछाने र शाहाब आलमले एक एक विकेट लिएका थिए ।


