काठमाडौं । नेपाली बजारमा आइताबर सुनको मुल्यले नयाँ रेकड बनाएको छ ।
आज सुन तोलामा ३ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हालसम्मकै उच्च मुल्य हो ।
शुक्रबार सुन प्रतितोला २ लाख ६ सय रुपैयामा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला २ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला दुई हजार तीन सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।



