शुक्रबार, श्रावण २९ गते २०८३
images
images

वर्तमान सरकार,सबैभन्दा बलियो र स्थिर सरकार भएको अर्थमन्त्रीको दाबी

एक्सप्रेस पाना
भाद्र १५, २०८२ आइतबार
  • 171
    SHARES
  • वर्तमान सरकार,सबैभन्दा बलियो र स्थिर सरकार भएको अर्थमन्त्रीको दाबी

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार, सबैभन्दा बलियो र स्थिर सरकार भएको दाबी गरेका छन् । 

    images

    आइतबार काठमाडौंमा आयोजित ट्रेकिंग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४७ औं वार्षिक साधारणसभामा बोल्दै उनले अहिलेको संसदीय अंक गणित भित्र वर्तमान सरकारभन्दा बलियो र स्थिर सरकार अर्को हुनै नसक्ने दाबी गरे । 

    मन्त्री पौडेलले इतिहास, योगदान र भविष्य भएको ठूला दुई दल मिलेर वर्तमान सरकार बनेको हुनाले उक्त सहकार्य ०८४ को निर्वाचन सम्म नै जाने पनि बताए । 

    images

    उनले भने,‘अहिलेको सरकार जुन छ । अहिलेको संसदीय अंक गणित भित्र यो भन्दा बलियो र स्थिर सरकार अर्को कुनै हुनै सक्दैन् । हामीले यसबीचमा राजनीतिक स्थिरताको सुनिश्चीत गरेको छौं । अब सरकार कहिले फेरिन्छ भन्ने आशंका र दुबिधाबाट निस्केका छौं । इतिहास,योगदान र भविष्य भएको ठूला दुई दल मिलेर बनेको यो सहकार्य ०८४ को निर्वाचन सम्म नै जान्छ ।’

    त्यस्तै,उनले सरकारले पर्यटन प्रवद्र्धनको क्षेत्रमा नीति, कार्यक्रम र बजेटको माध्यमबाट महत्वपूर्ण कार्यक्रमको घोषणा गरेको बताउँदै त्यस तर्फ नै सरकारको ध्यान गएको बताए । पर्यटन प्रवद्र्धनको लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै मन्त्री पौडेलले सरकारले चाल्नुपर्ने हरेक कदमहरु चाल्ने प्रतिबद्धता जनाए । 

    ‘अहिले को सरकारले पर्यटन प्रवद्र्धनको क्षेत्रमा नीति कार्यक्रम र बजेटको माध्यमबाट महत्वपूर्ण कार्यक्रमको घोषणा गरेको छ ,त्यस तर्फ नै सरकारको ध्यान छ । पर्यटन प्रवद्र्धनको लागि सरकारले कुनै कसर बाँकी राख्दैन् । पर्यटन प्रवद्र्धनको लागि सरकारले चाल्नुपर्ने हरेक कदमहरु चाल्ने छ । गर्नुपर्ने के छ सबै गर्छ ।’

    पर्यटन क्षेत्रमा ट्याक्स छुटको कुरा धेरै उठ्ने गरेको बताउँदै उनले ट्याक्स छुट गरेर राज्य कसरी चलाउ हुन्छ ?भन्दै प्रश्न गरे । ट्याक्स छुट भन्दा पनि व्यवसाय प्रवद्र्धनको लागि प्रस्ताव लिएर आउन सुझाव दिँदै उनले प्रस्ताव सम्बोधन गर्न सरकार आतुर रहेको धारणा राखे । 

    उनले भने,‘ट्याक्सको कुरा मा जताततै छुट गर्दै जाने हो भने राज्य चलाउ हुन सक्दैन् । साधारण खर्च सम्म धान्न सकिँदैन् । विकासको लागि राजस्व परको कुरा हो । साधारण खर्चको लागि पनि धौ–धौ पर्ने खर्चमा हामी छौं भने ट्याक्स छुट गरेर राज्य चलाउने कसरी ?त्यसैले ट्याक्स छुट भन्दा पनि व्यवसाय प्रवद्र्धनको लागि तपाईहरुको प्रस्ताव के हुन्छ ?सरकारले के गर्न सक्छ प्रस्ताव लिएर आउँनुहोस् । सम्बोधन गर्न सरकार आतुर छ ।’ 

  • सम्बन्धित विषय:

  • # विष्णु पौडेल
  • # अर्थमन्त्री