काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरोटवरीमा भएको टप एण्ड टी २० कप खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।
मंगलबार स्वदेश फर्किएको टोलीलाई क्यान पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
टप एन्ड टी–२० सिरिजमा नेपाल ११ टिममध्ये आठौं भएको थियो ।
यस्तै साउथ अष्ट्रेलियासँग भने नेपाल टी-२० खेलमा पराजित भएको थियो भने एकदिवसीय अभ्यास खेल जितेको थियो ।


