आइतबार, भाद्र २८ गते २०८३
images

नेपाल–बङ्गलादेश अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको सम्पूर्ण तयारी पूरा, तोकियो टिकट दर

एक्सप्रेस पाना
भाद्र १९, २०८२ बिहीबार
  • 251
    SHARES
  • नेपाल–बङ्गलादेश अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको सम्पूर्ण तयारी पूरा, तोकियो टिकट दर

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा नेपाल र बङ्गलादेशबीच दुईवटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुने भएका छन् ।

    images

    दुवै खेल सेप्टेम्बर ६ र ९ (शनिबार र मंगलबार)मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरू हुने एन्फाले जनाएको छ । फिफा इन्टरनेशनल विन्डो अन्तर्गत आयोजना हुने यी खेलहरूको सम्पूर्ण तयारी पूरा भइसकेको एन्फाले जनाएको छ ।

    प्रतियोगिताको मार्केटिङ तथा डिजिटल अधिकार एडी रिलिज प्रालिलाई दिइएको छ भने दुबै खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोट्र्स एचडीबाट गरिनेछ ।

    images

    खेलको टिकट दर भिआइपी पारापिटका लागि रू. १,००० र सामान्य पारापिटका लागि रू. ५०० निर्धारण गरिएको छ । एन्फाका अनुसार ९,००० सामान्य र १,००० भिआइपी टिकट बिक्रीमा आउनेछ । दर्शकहरूले ’खल्ती’ डिजिटल वालेटमार्फत टिकट खरिद गर्न सक्नेछन् ।

    खेलका दिन दशरथ रंगशालाका सम्पूर्ण गेटहरू खुला राखिनेछ भने दर्शकहरूले आफ्नो टिकटमा उल्लेख गरिएको गेटबाट प्रवेश गरी तोकिएको सिटमा बस्नुपर्नेछ ।

    दुवै खेलको समग्र नतिजाका आधारमा विजेता टोलीलाई ट्रफी र पदक प्रदान गरिनेछ । यदि दुबै खेलको नतिजा बराबरीमा टुङ्गियो भने दोस्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत विजेता निर्धारण गरिनेछ ।

    एन्फाका अनुसार प्रतियोगिताको अनुमानित खर्च रू. १ करोड २७ लाख ५८ हजार १६८ रहनेछ (अनुमानित ९३ हजार ८१० अमेरिकी डलर)। संघले यी अन्तर्राष्ट्रिय खेलहरूलाई सफल र भव्य बनाउन सम्पूर्ण पत्रकार जगतको साथ र सहयोगको अपेक्षा गरेको छ ।

  • सम्बन्धित विषय:

  • # मैत्रीपूर्ण फुटबल