शुक्रबार, श्रावण २९ गते २०८३
images
images

संसदीय सुनुवाइ समितिका सभापति खतिवडाले लिए शपथ

एक्सप्रेस पाना
भाद्र २३, २०८२ सोमबार
  • 175
    SHARES
  • संसदीय सुनुवाइ समितिका सभापति खतिवडाले लिए शपथ

    काठमाडौं । संसदीय सुनुवाइ समितिका नवनिर्वाचित सभापति रामहरि खतिवडालाई पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    images

    सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरे समक्ष सभापति खतिवडाले शपथ लिएका हुन् ।

    यही भदौ २० गते शुक्रबार भएको निर्वाचनमा सभापति खतिवडा निर्विरोध चयन भएका थिए । त्यस अवसरमा सभामुख घिमिरेले सभापति खतिवडालाई खादाले सम्मान गरेका थिए ।

    images

    कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, एमालेका मुख्य सचेतक र नेपाली कांग्रेसका प्रमुख सचेतक, संसदीय समितिका सभापति र सांसदहरू उपस्थित थिए । 

     

  • सम्बन्धित विषय:

  • # रामहरि खतिवडा