शुक्रबार, श्रावण २९ गते २०८३
images
images

खानेपानीमन्त्री यादवले गरे राजीनामाको घोषणा

एक्सप्रेस पाना
भाद्र २४, २०८२ मंगलबार
  • 195
    SHARES
  • खानेपानीमन्त्री यादवले गरे राजीनामाको घोषणा

    काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिएका छन् । 

    images

    मंगलबार सामाजिक सञ्जालमार्फत उनले आफूले मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । 

    उनले लेखेका छन्,‘प्रिय युवा भाइबहिनीहरु तपाइँ नै मेरो प्रथम सहयोगी र मेरो जोश र उर्जाका सुत्रधार हुनुहुन्छ । हिजो GEN Z युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु । हामी सबैलाई संयमता अपनाई युवा पुस्तालाई सहि मार्ग दर्शन दिन र सहयोग गर्न अपिल गर्दछु ।’

    images

  • सम्बन्धित विषय:

  • # प्रदीप यादव
  • # राजीनामा