शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पहिला संसद् विघटन अनि सेना प्रमुखसँग वार्ता : बालेन साह

एक्सप्रेस पाना
भाद्र २४, २०८२ मंगलबार
  • 408
    SHARES
  • पहिला संसद् विघटन अनि सेना प्रमुखसँग वार्ता : बालेन साह

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अब जेनजी पुस्ताले देशको नेतृत्व गर्ने र सेना प्रमुखसँग वार्ता गर्न तयार रहन आग्रह गरेका छन् । 

    images

    उनले सामाजिक सञ्जालमार्फत अब जेनजी पुस्ताले देशको नेतृत्व गर्ने र सेना प्रमुखसँग वार्ता गर्न तयार रहन भन्दै त्यसअघि संसद विघटन अनिवार्य रहेको बताएका छन् । 

    उनले सामाजिक संजालमा लेखेका छन्,‘हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त जेनजीको आन्दोलन हो । प्रिय न्भल श्, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला । देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो । तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ । तयार रहनुहोला । साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि  तयार हुनुहोला ।तर याद रहोस् वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।’

    images

     

  • सम्बन्धित विषय:

  • # बालेन साह