शुक्रबार, श्रावण २९ गते २०८३
images
images

जेनजीहरुको माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाट पूरा हुन्छ:अध्यक्ष प्रचण्ड

एक्सप्रेस पाना
भाद्र २६, २०८२ बिहीबार
  • 278
    SHARES
  • जेनजीहरुको माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाट पूरा हुन्छ:अध्यक्ष प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका एजेण्डाहरूले यथास्थिति र तदर्थवादी शासन प्रणालीको साटो उन्नत लोकतन्त्रको माग गरेको बताएका छन् ।

    images

    प्रचण्डले जेनजी युवाहरुलाई सम्बोधन गर्दै जेनजी पुस्ताका युवाहरूको आवाजलाई बर्बर तरिकाले कुल्चिन सरकारले भयानक नरसंहार मच्चाएको उल्लेख गर्दै आन्दोलनभित्र घुसेर प्रतिगामी तत्वहरुले तोडफोड, आगजनी र विध्वंसमार्फत बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरुलाई उल्ट्याउने धृष्टता गरिरहेको बताएका छन् । 

    उनले लोकतन्त्रको विकल्प समुन्नत र अझ बढी सुदृढ लोकतन्त्र, गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्रै भएको बताउदै जेनजी पुस्ताको माग न लोकतान्त्रिक व्यवस्था र संविधानविरुद्ध थियो, न संसद् विघटनका पक्षमा नै थियो भनेका छन् । 

    images

    प्रचण्डले जेनजी युवाहरुले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाट पूरा हुन सक्छन् भन्नेमा आफुहरु विश्वस्त रहेको उल्लेख गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # अध्यक्ष प्रचण्ड