शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सुशिला कार्की:न्यायिक यात्रादेखि नेपालको पहिलो महिला प्रधानमन्त्रीसम्म

भाद्र २७, २०८२ शुक्रबार
  • 587
    SHARES
  • सुशिला कार्की:न्यायिक यात्रादेखि नेपालको पहिलो महिला प्रधानमन्त्रीसम्म

    काठमाडौं । २०८२ भदौ २३ मा नेपालभर जेनजे पुस्ताका युवाहरू सडकमा ओर्लिए। उनीहरूको आवाज स्पष्ट थियो—भ्रष्टाचार अन्त्य, पारदर्शी शासन, समान अवसर र न्यायको सुनिश्चितता। आन्दोलन शान्तिपूर्ण रूपमा सुरु भए पनि प्रहरी प्रशासनको बलप्रयोगले दर्जनौं युवाले ज्यान गुमाए। यही बलिदानले नयाँ युगको नेतृत्व जन्माउने वातावरण तयार गर्यो।

    images

    पुरानो राजनीतिक नेतृत्वप्रति असन्तुष्ट युवा पुस्ताले नयाँ विकल्पको खोजी गर्यो। त्यसबेला उनीहरूको नजर पर्यो—साहसी, इमानदार र भ्रष्टाचारविरुद्ध स्पष्ट आवाज उठाइसकेकी व्यक्तित्व, सुशिला कार्कीमाथि। न्यायालयदेखि समाजसम्म उनको योगदानले उनलाई युवाको विश्वासिलो नाम बनायो । 

    जेनजीको समर्थनको लहरसँगै सुशिला कार्की अन्ततः नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन्। उनको नेतृत्वमा मुलुकले नयाँ युगको सुरुवात गर्यो, जहाँ पारदर्शिता, जवाफदेहिता र समावेशी नीति प्रमुख एजेन्डा रहनेछन् । 

    images

    न्यायिक जीवन र उपलब्धि
    सुशिला कार्की नेपालको न्यायिक इतिहासमा पहिलो महिला प्रधान न्यायाधीशको रूपमा परिचित छिन्। उनी २००३ साल असार २१ गते मोरङको बिराटनगरमा जन्मिएकी हुन्। प्रारम्भिक शिक्षा र उच्च शिक्षामा उनले राजनीतिशास्त्र र इतिहास अध्ययन गरे। त्यसपछि कानुन ९ीीद्य० अध्ययन गरेर न्यायिक क्षेत्रमा प्रवेश गरिन्।

    सुरुवातमा शिक्षण पेशामा संलग्न भइन्, पछि अधिवक्ता भएर कानुनी अभ्यासमा सक्रिय भइन्। २०५० सालमा उनी सर्वोच्च अदालतको न्यायाधीश बनिन्। २०७३ साल वैशाख ११ गते नेपालको पहिलो महिला प्रधान न्यायाधीशको ऐतिहासिक उपाधि हासिल गरिन्। उनको कार्यकाल २०७४ असार २० गतेसम्म रह्यो।

    प्रधान न्यायाधीशको रूपमा कार्कीले भ्रष्टाचार, अधिकार दुरुपयोग, मानवअधिकार उल्लङ्घन, महिला अधिकार र बाल अधिकारसम्बन्धी संवेदनशील मुद्दाहरूमा साहसी निर्णयहरू गरिन्। उनले सीमान्तकृत वर्ग र सामान्य नागरिकको न्यायसम्म पहुँच सुनिश्चित गर्न विशेष प्रयास गरिन्।

    उनको कार्यकालमा राजनीतिक विवाद पनि देखा पर्यो। संसदमा महाभियोग प्रस्ताव दर्ता भए पनि कार्यकाल सकिनुअघि त्यसलाई निष्प्रभावी बनाइयो। यसले न्यायिक स्वतन्त्रता र महिला नेतृत्वमा नयाँ मानक स्थापित गर्यो।

    व्यक्तिगत जीवन र प्रेरणा
    सुशिला कार्कीले आफ्नो अनुभव र जीवनकथालाई समेटेर “न मेरो न्याय, न त मेरो अन्याय” नामक आत्मकथा प्रकाशित गरेकी छन्। पारिवारिक जीवनमा उनी सरल, मितभाषी र प्राध्यापक गोपाल प्रसाद अधिकारीसँग वैवाहिक जीवनमा बाधिएकी छिन्।

    उनको जीवन र संघर्षले नेपाली समाजमा महिला नेतृत्व, न्यायिक पारदर्शिता र युवा सक्रियताको प्रतीक प्रस्तुत गरेको छ। युवाले समर्थन गरेको पहिलो महिला प्रधानमन्त्री बन्ने यात्रा, उनको दृढ निष्ठा र साहसको प्रतिफल हो।

    यसैगरी कार्कीले दोस्रो पटक एतिहास रचेकी छन् । उनि पहिलो प्रधानन्याधिसदेखी पहिलो प्रथम महिला प्रधानमन्त्रीसम्मको यात्रा तय गरिन । 

    भदौ २३ को बलिदान र सुशिला कार्कीको प्रधानमन्त्री बन्ने यात्रा केवल राजनीतिक परिवर्तन मात्र थिएन, यो नयाँ पुस्ताको जित पनि थियो। यसले नेपाली समाजमा न्याय, समानता र पारदर्शी शासन सम्भव छ भन्ने विश्वास फेरि जगाएको छ।
    नयाँ चुनाव गरी ताजा जनादेशका साथ युवापुस्तालाई सत्ता हस्तान्तरण उनको मुख्य दायित्व हो ।

     

  • सम्बन्धित विषय:

  • # सुशिला कार्की