शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सत्ताको रसस्वाद गर्न आएका होइनौं,६ महिनापछी जिम्मेवारी सुम्पिने छौ:प्रधानमन्त्री कार्की

एक्सप्रेस पाना
भाद्र २९, २०८२ आइतबार
  • 306
    SHARES
  • सत्ताको रसस्वाद गर्न आएका होइनौं,६ महिनापछी जिम्मेवारी सुम्पिने छौ:प्रधानमन्त्री कार्की

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सत्ता र पदको लोभ नरहेको भन्दै ६ महिना अवधी मात्र सत्तामा बसी आफ्नो काम गर्ने बताएकी छन् । 

    images

    आइतबार पदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले सत्ता र पदको लोभ नरहेको भन्दै ६ महिना अवधी मात्र सत्तामा बसी आफ्नो काम गरी नयाँ आउने संसद र मन्त्रीहरुलाई जिम्मेवारी सुम्पिने बताएकी हुन् । 

    उनले भनिन्,‘जहाँसम्म मेरो टिम छ, टिमले जुन काम गरिरहेको छ हामी कुनै सत्ताको, यो पदको रसस्वाद गर्न आएका होइनौं र मेरो उमेर पनि हैन । ६ महिना अवधी मात्र बस्ने त्यो भन्दा बढी नबस्ने गरी आफ्नो काम कारर्वाही गरेर जिम्मेवारी मुक्त हुने र नयाँ आउने संसद र मन्त्रीहरुलाई जिम्मेवारी दायित्व सुम्पिने हामीले अठोट गरेका छौ,

    images

    त्यसैगरी उनले भौतिक भवनको क्षती भन्दा विवरणहरु जलेर नष्ट हुँदा मुलुक शुन्यमा पुगेको बताइन् । 

    उनले भनिन्, ‘हाम्रो रेकर्डहरु, प्रमाणहरु, सर्वोच्च अदालतका फाइलहरु सबै नष्ट भएर हामीलाई अर्को ठुलो समस्या भौतिक भवनको क्षतीले त केही हुदैन रहेछ त्यो त बनाउन पनि सकिन्छ तर ती रेकर्डहरु, जमानाका फाइलहरु ती विवरणहरु सम्पूर्ण नष्ट भएर हामी यतिखेर शून्यमा पुगेका छौ ।’

     

  • सम्बन्धित विषय:

  • # सुशीला कार्की