शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मन्त्रीपरिषद् विस्तार:अर्याल,खनाल र घिसिङ मन्त्री बन्दै,आज शपथ

एक्सप्रेस पाना
भाद्र ३०, २०८२ सोमबार
  • 233
    SHARES
  • मन्त्रीपरिषद् विस्तार:अर्याल,खनाल र घिसिङ मन्त्री बन्दै,आज शपथ

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषद् विस्तारका लागि तीन मन्त्रीको नाम सिफारिस गरेकी छन् । 

    images

    प्रधानमन्त्री कार्कीले अधिवक्ता ओमप्रकाश अर्याल ,अर्थविद रामेश्वर खनाल र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई मन्त्रिपरिषद्को विस्तार गर्न सिफारिस गरेकी हुन्  । 

    अधिवक्ता ओमप्रकाश अर्याललाई गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिने भएको छ भने पूर्वअर्थ सचिवसमेत रहेका अर्थविद रामेश्वर खनाललाई अर्थमन्त्री र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जामन्त्री बनाउने भएकी छन् ।

    images


    जेनजी समूहबाट राष्ट्रपति र नेपाली सेनासँग वार्तामा समेत सहभागी भएका अर्याल यसअघि काठमाडौँ महानगरका कानुनी सल्लहकारको भूमिकामा थिए । बालेन शाह निकट रहेका अर्यालले यसअघि रुपन्देही-३ मा हुन लागेको उपनिर्वाचनमा समेत उम्मेदवार बन्ने तयारीमा रहेका थिए ।  

    प्रधानमन्त्री कार्कीले घिसिङलाई अन्य महत्वपूर्ण मन्त्रालय समेत दिने बताइएको छ । उनिहरुले आज नै शपथ दिने बताइएको छ । 

     

  • सम्बन्धित विषय:

  • # ओमप्रकाश अर्याल
  • # खनाल
  • # घिसिङ