काठमाडौं । नवनियुक्त मन्त्रीहरु ओमप्रकाश अर्याल ,रामेश्वर खनाल र कुलमान घिसिङले शपथ ग्रहण गरेका छन् ।
सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले उनिहरुलाई शपथ ग्रहण गराएका हुन् ।
अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजान र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह र कानुनमन्त्री ओमप्रकाश अर्यालले शपथ लिएका हुन् ।



