शुक्रबार, आश्विन २३ गते २०८३
images

हुम्लामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा

एक्सप्रेस पाना
भाद्र ३०, २०८२ सोमबार
  • 278
    SHARES
  • हुम्लामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा

    काठमाडौं । नेपाल टेलिकमले हुम्ला जिल्लामा फोरजी सेवा विस्तार गरेको छ। 

    images

    कम्पनीले भदौ २५ गते सर्केगाड गाउँपालिका–१ मा टुजी तथा फोरजी सेवा सञ्चालनमा ल्याएको हो। सेवाबाट सर्केगाड गाउँपालिका वडा नं. १, २, ४, ५ र ६ का जीलागाउँ, माझगाउँ, घितागाउँ, नाउलि र लुमका बासिन्दाहरू लाभान्वित भएका छन्।

    त्यसैगरी, भदौ २७ गतेबाट हुम्लाको चंखेली गाउँपालिका–६ मा पनि टुजी र फोरजी सेवा सुरु भएको छ। चंखेली गाउँपालिका वडा नं. ४, ५ र ६ का बरैहीगाउँ, सरु गाउँपालिका, देउली, निमिगाउँ र अन्य भूभागका सेवाग्राहीहरू गुणस्तरीय फोरजी सेवाबाट लाभान्वित हुनेछन्।

    images

    टेलिकमले सदैव दूरदराजका क्षेत्रहरूमा दूरसञ्चार सेवा पुर्याउनलाई उच्च प्राथमिकतामा राख्दै आएको जनाएको छ।

  • सम्बन्धित विषय:

  • # नेपाल टेलिकम
  • # फोरजी सेवा