शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कांग्रेसको निष्कर्ष:संसद विघटन असंवैधानिक, उच्च स्तरीय आयोग गठनको माग

एक्सप्रेस पाना
आश्विन ३, २०८२ शुक्रबार
  • 454
    SHARES
  • कांग्रेसको निष्कर्ष:संसद विघटन असंवैधानिक, उच्च स्तरीय आयोग गठनको माग

    काठमाडौँ । नेपाली काँग्रेसले जेनजी आन्दोलनको क्रममा भएका घटनाको छानबिन गरी दोषीलाई कारबाहीमा ल्याउनको लागि उच्च स्तरीय न्यायिक छानबिन आयोग गठनको माग गरेको छ । 

    images

    शुक्रबार पार्टी कार्यालय सानेपमा शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको प्रचारप्रसार प्रमुख मीन बहादुर विश्वकर्माले जानकारी दिए । 

    उनले भने,"गत भाद्र २४ गतेको प्रदर्शनल सिहंदरबार लोकतन्त्रका आधारस्तम्भ कार्यापालिका, न्यायपालिका र व्यवस्थापिकाका कार्यालय, दलका कार्यालय नेताहरुको निजी घर एवम डेरा र नेपालको उन्नतीसँग जोडिएका सबै निजी तथा सार्वजनिक तोडफोड तथा आगजनीको कडा भत्र्सना गर्दै घटनाको छानबिन गरी दोषीलाई कारबाहीमा ल्याउनको लागि उच्च स्तरीय न्यायिक छानबिन आयोग गठनको माग गर्दछौँ ।"

    images

    त्यस्तै नेपाली कांग्रेसले संसद् विघटन असंवैधानिक भएको ठहर गरेको छ । संसद् विघटन असंवैधानिक भएको भन्दै विरोध गर्ने निर्णय समेत भएको छ । साथै केन्द्रीय समिति बैठक दशैं अघि नै बोलाउने निर्णय समेत गरेको छ । 

  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • # संसद विघटन