काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ ।
आज सुन तोलामा ३९ सय रुपैयाँले बढेर प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हाल सम्मकै उच्च मुल्य हो । सोमबार सुन २ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला २ हजार ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।



