काठमाडौं । नेपालले वेस्ट इन्डिजविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ ।
शनिबार यूएईको दुवइस्थित सारजहा क्रिकेट मैदानमा सुरु भएको खेलमा वेस्ट इन्डिजले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेसंगै नेपालले ब्याटिङ गरेको हो ।
नेपालको प्लेइङ ११ मा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल मल्ल, आसिफ सेख, कुशल भुर्तेल, नन्दन यादव, ललित नारायण राजवंशी, गुलशन झा, सन्दीप जोरा, करण केसी र सोमपाल कामी रहेका छन् ।


