आइतबार, भाद्र २८ गते २०८३
images

वेस्ट इन्डिजमाथी नेपालको शानदार जित

एक्सप्रेस पाना
आश्विन १४, २०८२ मंगलबार
  • 257
    SHARES
  • वेस्ट इन्डिजमाथी नेपालको शानदार जित

    काठमाडौं । नेपालले वेस्ट इन्डिजविरुद्ध लगातार दोस्रो जित निकालेको छ । 

    images

    सोमबार राति युएईको शारजाह क्रिकेट मैदानमा भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनले पराजित गरेको हो ।

    १७४ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले १७.१ ओभरमा अल आउट हुदै ८३ रन मात्र बनाउन सक्यो । नेपालकन लागि आदील आलमले ४ विकेट लिए भने कुशल भुर्तेलले ३ विकेट लिए ।

    images


    त्यसअघि टस जितेर पहिला ब्याटिङ  गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदैँ १७३ रन बनाएको थियो । नेपालका लागि आसिफ सेखले सर्बाधिक ६८ रन बनाए भने सन्दीप जोराले ६३ रन बनाए। 

    यो जितपछि नेपालले ३ खेलको सिरिज एक खेल अघिनै  २-० ले जितेको छ । अब सिरिजको अन्तिम खेल मंगलबार राति हुनेछ ।