काठमाडौं । टी– २० सिरिज युनिटी कपको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध पहिला ब्याटिङ गर्दै छ ।
मंगलबार यूएईस्थित शाहजाह क्रिकेट मैदानमा हुने खेलमा वेस्ट इन्डिजले टस जितेर बलिङ गर्ने भएसंगै नेपालले ब्याटिङ गर्ने भएको हो ।
नेपालले यसअघि नै सिरिजका दुवै खेल जितेर सिरिज जितिसकेको छ ।


