काठमाडौं । टी– २० सिरिज युनिटी कपको अन्तिम खेलमा नेपाल पराजित भएको छ ।
मंगलबार राति यूएईस्थित शाहजाह क्रिकेट मैदानमा भएको अन्तिम खेलमा नेपाल वेस्ट इन्डिजसंग १० विकेटले पराजित भएको हो ।
१२३ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले १२.२ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको हो ।
त्यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले १९.५ ओभरमा अल आउट हुदै १२२ रन बनाएको थियो ।


