काठमाडौं । आईसीसी टी–२० विश्वकपको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम आज कतारसँग भिड्दै छ।
विश्वकप छनोट अघि अभ्यास खेल खेलिरहेको नेपालले सोमबार कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो।
नेपाल र कतारको अभ्यास खेल सोमबार दिउँसो ४ः१५ बजे सुरु हुनेछ।
यसअघि शनिबार भएको ओमानविरुद्धको वार्मअप म्याचमा नेपाल ६ विकेटले विजयी भएको थियो।


