काठमाडौं । आईसीसी टी–२० विश्वकपको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले कतारलाई हराएको छ ।
विश्वकप छनोट अघि अभ्यास खेल खेलिरहेको नेपालले सोमबार कतारलाई १६ रनले हराएको हो । १७१ रनको लक्ष्य पछ्याएको कतारले ६ विकेट गुमाउँदै १५४ रन मात्र बनाएको हो ।

